सुकम्बासी समस्या समाधान छिट्टै हुन्छः अध्यक्ष चन्द

सुर्खेत, ९ फागुन (जागरण) । भूमी समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष ऐनबहादुर चन्दले विगतमा बनेका आयोगहरुले अधुरा राखेका काम पुरा गर्ने बताउनुभएको छ ।
जागरण एफएमको कार्यक्रम ’जन जिज्ञासा’सँग आज कुराकानी गर्दै अध्यक्ष चन्दले विगतका आयोगहरुले जग्गा दिन बाँकी रहेका कामहरुलाई पुरा गर्ने बताउनुभएको हो ।
उहाले जग्गाको अभावमा रहेका भुमीहिन दलित, सुकुम्बासीहरुले चाँडै जग्गा पाउनेगरी आयोगले काम गर्ने बताउनुभयो ।
सबै राजनितिक दलहरुले सुकुम्बासी समस्या समाधान गर्नेगरी निर्वाचनमा प्रतिवद्धता जनाएको भन्दै आयोगले त्यसलाई बैधानिक रुपमा समाधान गर्न खोजेकाले आयोगकको कामलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
न्युनतम १० बर्षसम्म बसेको जग्गालाई प्रक्रिया पुर्याएर उनिहरुकै नाममा दिने बताउँदै उहाले सरकारी मापदण्डअनुसार जग्गा उपलब्ध गराइने चन्दले जानकारी दिनुभयो ।
पहिलो चरणमा सुर्खेतका दुइवटा स्थानीय तहमा काम गरिने भन्दै दोश्रो चरणमा सबै स्थानीय तहमा आयोगले काम गर्ने जानकारी दिनुभयो ।
अहिले लगत संकलनको काम भइरहेको भन्दै आयोगको काम आग्रह पुर्वाग्रह नुहुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा केही नागरिकहरुले भुमीहिन र सुकुम्बासीको समस्या समाधानका लागि भइरकेको कामबारे जिज्ञासा राखेका थिए । जवाफमा उहाले भुमी सम्बन्धीको समस्या अहिले बनेको आयोगले समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।