जग्गा उपलब्ध नबनाइए धर्ना कायम रहने वादी समुदायको चेतावनी (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, १५ फागुन (जागरण) । व्यवस्थित बसोबासको माग मुख्यमन्त्री कार्यालयमा विगत ५ दिनदेखि धर्ना बसेको वादी समुदायले मुख्यमन्त्री महेन्द्रबहादुर शाही सँग भेटवार्ता गरेका छन् ।
शुक्रबार दिउँसो उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमै गयर मुख्यमन्त्री समक्ष आफ्नो माग राखेका हुन् ।
उनीहरुले मागलाई मुख्यमन्त्री शाहीले सम्बोधन गर्न पहल थालिने बताउनुभयो । यद्यपी, शाहीले जग्गा उपलब्ध गराउने बाहेक अरु कुराहरुको बन्दोबस्त मिलाउने तर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।
यस्तै, कर्णाली प्रदेशका बादी समुदायले खेतिपाति गर्नका लागि स्थायी लाल पुर्जा सहितको जग्गा–जमीन र बादी समुदायको व्यवस्थित बसोबासको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि ५ देखि धर्नामा बसेका छन् । सरकारले खेती गर्न स्थायी लालपूर्जासहितको जमिन दिनुपर्ने, स्थायी बसोवासका लागि घरको व्यवस्था गर्नुपर्ने र रोजगारी दिनुपर्ने उनीहरुको माग छ । उनिहरुको मागप्रति नागरिक समाजले पनि ऐकेवद्धता जनाएका छन । सुन्नुहोस अडियो