एक टुक्रा जमीन देऊः वादी समुदाय

सल्यान, २३ फागुन (जागरण) । भुमिहीन तथा सुकुम्बासीहरु जीवन बिताइरहेका सल्यानका बादी समुदायले एक टुक्रा जमिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । उनीहरुले आफ्नो नाउँमा एक टुक्रा जमिन पाएको देख्ने एउटा मात्र धोको रहेको बताएका हुन् ।
सल्यानमा आयोजित कार्यक्रममा उनीहरुले आफ्नो नाममा एक घर र आफ्नै जमिनमा हलो जोतेर जीविकोपार्जन गर्ने चाहना रहेका बताएका छन् ।
पुस्तौंदेखि ऐलानी जग्गामा बस्दै आएको तर आफ्नो नामा एक टुक्रा पनि जमिन नभएको शारदा नगरपालिका–३ संगीतटोलकी अनिता गन्दर्भले बताउनुभयो ।
आफ्नो नाममा जग्गा नहुँँदा केही पेशा व्यवसाय गर्न पनि निकै समस्या हुने गरेको शान्तिनगरकी निर्मला बादीले बताउनुभयो ।
यस्तै, प्रदेश सरकारसँग पनि बादी समुदायले जग्गा उपलब्ध गराइदिन माग गर्दै आन्दोलनमा छन ।