चाैकुनेमा खाधान्न र स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत १२ असार (जागरण) ।

वातावरणिय कृषि तथा विकास केन्द्र केड नेपालकाे आर्थिक सहयाेगमा सुशासन प्रवर्द्वनका लागि युवा संस्था सुर्खेतले चाैकुने गाउँपालिकामा  सुत्केरी गरिब परिवारलाई खाध सामग्री र स्वास्थ्यचाैकीहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ ।

गाउपालिकाकाे समन्वयमा स्वास्थ्यशाखा र ६,७,८ वडाकाे स्वास्थ्य चाैकि र आधारभुत स्वास्थ्य ईकाइका लागि स्वास्थ्य सामग्री ६,७,८ वडाका ४५ दिन सुत्केरी आमाहरु र जीवन ज्याेति मा.विमा अध्ययनरत ३ महिना मात्र खान पुग्ने बालअभियानीहरुलाई खाद्यान्न सामग्री वितरण गरिएकाे हाे । केडकाे सहयाेगमा सुशासन प्रवर्द्धनका लागि युवा संस्था सुर्खेतले सञ्चाल गरिरहेकेा किशाेरी तथा बाल अधिकार कार्यक्रम अन्तर्गत सहयाेग गरिएकाे संस्थाकी डिला कंडेलले जानकारी दिनुभयाे ।  उहाँका अनुसार काेभिड १९ ले पारेकाे असरलाई मध्यनजरगरी सिम्ता गाउँपालिकामा पनि वितरण गर्ने कार्यक्रम रहेकाे छ ।