कालो ढुसी (ब्ल्याक फंग्स) का बारेमा जानिराख्नुपर्ने कुरा

जागरण ।

संसार कोरोनाले जर्जर भइरहेको अवस्थामा अझै जटिल बनाउन कालो ढुसी, जसलाई ब्ल्याक फंग्स पनि भनिन्छ, यो रोग खास गरी सुगर भएका कोरोनाका बिरामीहरूलाई भएको देखिएको छ । हत्तपत्त नलाग्ने तर जटिल यो रोगले नेपालमा भने हालसम्म दुई जनाको मृत्य भइसकेको छ भने ११ जना अझै उपचाररत नै छन् ।
के हो ब्ल्याक फंग्स ?
म्युकरमाइकोसिस अर्थात् कालो ढुसी अथवा ब्ल्याक फंग्स एक प्रकारको रोग हो, जुन फंग्सले गर्दा हुने गर्छ । उदाहरणका लागि च्याउ पनि एक प्रकारको फंग्स हो, तर हामी यसलाई खान सक्छौं । यसले हामीलाई केही क्षति गर्दैन, तर कुनै यस्तो फंग्स हुन्छ जुन हाम्रो शरीरका लागि खतरनाक हुन्छ । यस्तैमध्येमा पर्छ ब्ल्याक फंग्स । यसबाट संक्रमित भएपछि शरीरलाई निकै नै क्षति पु-याउँछ ।
कोरोनाका बिरामीलाई नै किन धेरै डर ?
कोरोनासँग लड्न हाम्रो शरीरको इम्युन सिस्टम अर्थात् प्रतिरोधात्मक क्षमताले धेरै नै मेहनत गर्छ र मेहनतको कारणले कमजोर भएको प्रतिरोधात्मक क्षमता पनि कम हुन जान्छ । तब ब्ल्याक फंग्सले शरीरभित्र छिरेर कमजोर इम्युन सिस्टमलाई जितेर आफ्नो संख्या बढाउँदै लान्छ । यो यसरी बढ्छ कि यसले अब शरीरमा समस्या पैदा गर्न थाल्छ । यसलाई हटाउन कि त केही औषधि चलाउनुपर्ने हुन्छ, या त सर्जरी गरेर ब्ल्याक फंग्स नै हटाउनुपर्ने हुन्छ; नत्र ज्यान जान सक्छ । ब्ल्याक फंग्स (म्युकरमाइकोसिस) पाँच प्रकारका हुन्छन्, तर हामीलाई अहिले कोरोनाका कारणले भएको म्युकरमाइकोसिसका बारेमा मात्र जानकारी थोरै छ । ब्ल्याक फंग्स (म्युकरमाइकोसिस) पाँच प्रकारका हुन्छन् । तर, हामीलाई अहिले कोरोनाको कारणले भएको म्युकरमाइकोसिसका बारेमा मात्र जानकारी थोरै छ ।
कोभिड–१९ सँग जुधेको ब्ल्याक फंग्स (म्युकरमाइकोसिस) हुने भनेको त्यस्ता बिरामी हुन्, जो लामो समय कोभिडको कारणले आईसीयूमा भर्ना भएका र उच्च सुगरको रोगी छन् । यस्ता बिरामीको इम्युन प्रक्रियाले राम्रोसँग काम गरेको हुँदैन, त्यसैले यी बिरामी जो कोरोनाबाट निको भएका छन् तिनीहरूमा ब्ल्याक फंग्स (म्युकरमाइकोसिस) देखिने अवस्था बढी हुन्छ । यो फंग्स माटोमा रहने भएकाले धूलो र यस्तो कुनै चिज अथवा ठाउँबाट टाढा बस्नुस्, जसले यसको संक्रमण कम होस् । पहिलो अवस्थामा नै पत्ता लागेमा औषधि चलाएमा निको हुन सक्छ, जुन लामो समयसम्म चल्न सक्छ । तर, पहिलो अवस्थामा पत्ता नलाग्दा सर्जरी गर्नुपर्ने हुन्छ ।
म्युकरमाइकोसिसको प्रकार
म्युकरमाइकोसिसको पहिलो प्रकार भनेको राइनोसेरेब्रल म्युकरमाइकोसिस हो । यो हाम्रो साइनस (पिनाश) हुँदै दिमागमा जाने गर्छ । यो प्रायः सुगरका बिरामी र मिर्गौला ट्रान्सप्लान्ट गरेका बिरामीहरूमा हुने गर्छ ।

यसका लक्षणहरू
अनुहारको एक भागमा दुखाइ महसुस हुने
सुन्निने
टाउको दुख्ने
ज्वरो आउने
नाकभित्र कालो घाउ देखा पर्ने

म्युकरमाइकोसिसको दोस्रो प्रकारलाई पल्मोनरी अथवा लङ म्युकरमाइकोसिस भनिन्छ । यो प्रायःजसो क्यान्सरका बिरामी, शरीरको कुनै अङ्ग प्रत्यारोपण गरेका बिरामी र स्टिम सेल प्रत्यारोपण गरेका बिरामीहरूमा हुने गर्छ ।

यसका लक्षणहरू
छाती दुख्ने
श्वास–प्रश्वासमा कठिनाइ
खोकी
ज्वरो
म्युकरमाइकोसिसको तेस्रो प्रकार भनेको ग्यास्त्रोइनटेस्टिनल म्युकरमाइकोसिस हो । यो प्रायःजसो कम तौलका नवजात शिशु र एक महिनाभन्दा कम उमेरका शिशुहरूमा धेरै देखा पर्छ ।

यसका लक्षणहरू
पेटमा दुखाइ
पेटभित्र रगत आउने
वाकवाकी लाग्ने
बान्ता हुने

म्युकरमाइकोसिसको चौथो प्रकारलाई क्युटेनियोस म्युकरमाइकोसिस भनिन्छ । यो प्रायःजसो छालामा हुन्छ, जहाँ घाउ हुन्छ ।
यसका लक्षणहरू:

– छालामा कालो धब्बाहरू देखिन थाल्छ । यसबाट बच्न स्वस्थ र सफा रहनुपर्छ ।
म्युकरमाइकोसिसको पाँचौं प्रकारलाई दिसेमिनेटेड म्युकरमाइकोसिस भनिन्छ । यो रगत बग्ने ठाउँमा जाने इन्फेक्सन हो । यसको मतलब यो शरीरको जुनसुकै भागमा पुग्न सक्छ । यो जहाँ पुग्छ त्यहाँ नै इन्फेक्ट गर्छ । यो निकै खतरनाक पनि हुन्छ । जो भर्खरै कुनै रोगबाट ठीक भएका हुन्छन्, जसको इम्युनिटी पावर कम हुन्छ, त्यस्तो व्यक्तिलाई प्रायःजसो यो रोग लाग्छ । यसमा फरक–फरक लक्षण हुने भएकाले निको पार्न गाह्रो हुन्छ ।