मुगुका दलित बालबालिका श्रम गर्न बाध्य

खड्क सुनार ।
मुगु, २४ असार (जागरण) । कोरोनाका कारण अहिले विद्यालयहरु बन्द छन । विद्यालय जना नपाएका मुगुका बालबालिकाहरु भने श्रममा पर्ने गरेको पाइएको छ ।
कोरोनाले बिहान–बेलुकाका छाक टार्न समस्या भएपछि गरिबीको रेखामुनी रहेका परिवारका बालबालिका गिट्टी कुट्न बाध्य भएका हुन ।
विद्यालय जाने उमेरका सानो उमेरका बालबालिकाहरूले गिटी कुट्न बाध्य भएका छन ।
आधा दर्जन बढी बालबालिका गिट्टी कुटेर दिन विताउन थालेका छन । विशेषगरी छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का दलित बस्तीका बालबालिकाले गिटी कुटाइलाई आम्दानी बनाइरहेका छन् । मुगुकै सम्पन्न बालबालिका बिहान उठ्नेबित्तिकै पठनपाठनमा सरिक हुने भए पनि दलित परिवारका छोराछोरी पढ्नुको साटो काममा लाग्ने गरेका ह्ुन ।
‘घरका कुनै पनि सदस्यको नियमित आम्दानी नभएको भन्दै खान नपुगेपछि गिटी कुट्न बाध्य भएको सेतिबाडा आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत १४ बर्षिया छात्रा जुमाना कामीले बताउनुभयो ।
उहासँगै ९ वर्षीय सन्तोष कामीको पनि घरमा खान नभएपछि दिदीहरुसँग गिट्टी कु्न आएको बताउनुभएको छ ।
साना बालबालिका पढाइ छोडेर श्रममा पर्दापनि स्थानीय सरकारहरु भने त्यसतर्फ ध्यान दिन सकेका छैनन ।