नन्द कठायत ।
सुर्खेत, २४ असार (जागरण) । कर्णाली प्रदेशमा विभिन्न क्षेत्रमा काम गर्ने गैर सरकारी संघसंस्थाहरु करिब ३ सय जती रहेको पाइएको छ ।
हालसम्म २ सय ९६ वटा गैरसरहकारी संघ सस्थाहरु कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा सूचीकृत भएका छन् ।
प्रदेशको प्रादेशिक गैरसरहकारी संघ सस्था व्यावस्थापन प्राःलिमा हालसम्म विभिन्न ११ वटा विषयगत शिर्षकमा २ सय ९६ वटा गैरसरहकारी संघ सस्थाहरु सूचीकृत भएका हुन् ।
प्रदेशको सामाजिक मन्त्रालयले दिएको जानकारी अनूसार सबैभन्दा धेरै महिला, बालबालिका, अपांगता, जेष्ठ नागरिक, दलित पिछडीएको क्षेत्र र लोपउल्मूख सिमान्तकृत तथा सामाजिक समावेसीकरणको क्षेत्रमा एक सय ३६ वटा काम गर्ने संस्थाहरु रहेका छन् ।
यस्तै उद्योग बाणीज्य संघतर्फ १९, कृषी वन वातावरण तथा पर्यटनतर्फ ७३ वटा , खानेपानी तथा सरसफाई र जलवायु परिर्वतनमा काम गर्ने संस्थाहरु ६६ वटा, पूर्वाधार विकासतर्फ ४४ वटा संस्थाहरुले काम गर्ने गरेका छन् ।
यसैगरी पेशागत संस्थाहरु १०, भाषलिपी कला साहित्य र संस्कृती २२ , मानव अधिकार कानून न्याय तथा सुशासनको क्षेत्रमा ६७ वटा, युवा तथा खेलकुद, शिक्षा तथा अनूसन्धानतर्फ ४९ वटा, र सामुदायीक संस्थाहरु २६ रहेका छन् । भने स्वास्थ्य र जनसंख्या तर्फ ३६ वटा सस्थाहरु सूचीकृत भएका सामाजिक मन्त्रालयका सुरक्षा तथा महिला विकास शाखा अधिकृत अनिता ज्ञवाली कर्णाली रैबारलाई जनाकारी दिनुभयो ।
उहाँका अनूसार सूचीकृत भएका गैर सरकारी संघ सस्थाहरु मध्ये सबै भन्दा धेरै सुर्खेत जिल्लामा एक सय ८६ वटा रहेका छन् । भने अव सबै भन्दा कम जाजरकोटमा २३ वटा सस्थाहरु रहेका छन् ।
यस्तै उहाँले रुकम पश्चिममा ४१ वटा , दैलेखमा, सल्यानमा ७८, कालिकोटमा ८६, डोल्पामा ३१, जुम्लामा ४१ , हुम्लामा २४ र मुगुमा ३० वटा सस्थाहरु सूचीकृत भएका बताउनुभयो ।
कर्णालीमा गैर सरकारी संघसंस्थाहरु धेरै सक्रिय भएपनि त्यस अनुसारको परिणाम भने नदेखिएको भन्दै आलोचना समेत हुने गरेको छ ।