दल विभाजन अध्यादेश विरुद्ध सुर्खेतमा युवा संघको प्रदर्शन


सुर्खेत, २ भदौ ।
राष्ट्रपतिले आज जारी गरेको दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले सम्बद्ध राष्ट्रिय यूवा संघ नेपालले सुर्खेतमा राँके जुलुस प्रदर्शन गरेको छ ।
यूवा संघले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज वेलुका राँकेजुलुस निकालेको हो । निकालेर अध्यायदेशको छायाँ प्रति समेत जलाएको छ । राँके जुलुसका क्रममा युवाहरुले गठबन्धन सरकारका बिरुद्धमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए । एमाले पार्टि कार्यालयबाट सुरु भएको राँके जुलुस वीरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेताहरुले वर्तमान सरकारको राजीनामा पनि मागेका छन् ।