वीरेन्द्रनगरमा निःशुल्क मास्क वितरण


जागरण
सुर्खेत, १८ भदौ ।
सुर्खेत क्याम्पस (शिक्षा) को प्रसार तथा सेवा विस्तार समितिले वीरेन्द्रनगरमा कोभिड – १९ विरुद्ध सचेतना तथा निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
समितिले शुक्रबार वीरेन्द्रनगर बजारको बसपार्क, मंगलगढी चोक, तरकारी बजार, एमाले चोक, बुद्धपथ र वीरेन्द्रचौक लगायतका ठाउँहरुमा सचेतना फैलाउनुका साथै निशुल्क मास्क वितरण गरेको हो । । “मास्क लगाऔँ, आफू बचौँ र अरुलाई बचाऔँ” नारा लेखिएको व्यानरसहित क्याम्पसबाट निस्किएको प्राध्यापक तथा विद्यार्थीहरुको टोलीले बाटोमा हिँड्ने बटुवा अटोरिक्सा र गाडीमा यात्रारत मास्क नलगाएका चालक– सहचालक र यात्रुहरु बसपार्कमा काम गर्ने, जुत्ता पालिस तथा मर्मत गर्ने, भवन निर्माणको काममा लागेका मजदुर, ठेलाचलाउने मजदूरहरू, डोको र ठेलामा व्यापार गर्ने घुम्ती व्यापारीहरू लगायतलाई सचेतनासहित मास्क वितरण गरेको थानेश्वर लामिछानेले जानकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिका र सुर्खेत बायो केमिकल एण्ड हाइजिन इन्डस्ट्रीको सौजन्यमा सञ्चालित उक्त कार्यक्रम क्याम्पसको प्रसार तथा सेवा विस्तार समितिका संयोजक शरद पौडेलको संयोजकत्व र क्याम्पस प्रमुख माधवप्रसाद खनालको प्रमुख अतिथ्यमा सम्पन्न गरियो थियो । कोभिड १९ को महामारीबाट सुरक्षित रहन लगाइएको निषेधाज्ञ खुकुलो हँुदै गए पनि यसको जोखिम कायमै रहेकाले जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ । कार्यक्रममा सहायक क्याम्पस प्रमुख राधा ढकाल, विद्यार्थी कल्याण तथा खेलकुद विभाग प्रमुख डम्बरबहादुर खत्री लगायतको सहभागिता रहेको थियो ।