मुगु, २७ कात्तिक (जागरण) । मुगुको छायानाथ रारा नगरपालिकालाई मदिरा निषेध घोषणा गर्ने तयारी गरिएको छ । यसका लागि नगर प्रमुख हरिजंग शाहीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
नगर प्रमुख शाहीले मंसिर १ गतेदेखि मदिरा निषेध गरिने बताउनुभयो । उक्त दिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा मदिरा निषेध कार्यक्रम घोषणा गरिनेछ ।