सुर्खेत, १५ असोज (जागरण) । कर्णाली रैबारमा मार्फत प्रशारण हुँदै आएको नागरिकको गुनासो र प्रश्न सुन्ने कार्यक्रम जनतासँग जनप्रतिनिधि मार्फत केही नागरिकका समस्या समाधान भएका छन ।
विभिन्न समस्यामा परेका र सरकारी सेवा सुविधा पाउन नसकेका नागरिकहरुले जनतासँग जनप्रतिनिधि मार्फत गुनासा राखेका नागरिकहरुका समस्या सम्बन्धित निकायबाट समाधान हुन थालेका हुन ।
गत महिना नै सुर्खेत बसपार्कमा यात्रुहरुलाई यातायात व्यावसायीकहरुले तानातान गर्ने गरेको भन्दै यात्रुहरुले कर्णाली रैबारको जनतासँग जनप्रतिनिधमा गुनासो गरे । यात्रुहरुका गुनासो कर्णाली रैबारमै सम्बोधन गर्नेक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यात्रुहरुको गुनासालाई मध्येनजर गर्दै केही दिनमा नै बसपार्क क्षेत्रमा अनुगानको लागि साधा पोशाकमा प्रहरी परिचालन गर्ने बताउनुभएको थियो ।
अहिले त्यो समस्या समाधान गरिएको र केही व्यक्तीलाई पक्राउ समेत गरिएको जानकारी दिदैँ प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।
उहाले दशै, तिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि घर फर्किने क्रम बढेकाले, यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने र आवागमनमा बाधा पार्ने जो. सुकैलाई पनि कारबाही गर्नेे बताउनुभयो ।
यस्तै, गत महिना नै सल्यानको बागचौर नगरपालिकाका एक जना व्यवसायिक बंगुर पालक कृषक मदन घर्तीले अहिले सम्म कुनैपनि सरकारी अनुदानका कार्यक्रम पाउन नसकेको भन्दै कर्णाली रैबारको जनतासँग जनप्रतिनिधिमा यसरी गुनासो गर्नुभएको थियो ।
उहाँको गुनासो सम्बोधन गर्ने क्रममा कर्णाली प्रदेशको भूमी व्यावस्था कृषी तथा सकहकारी मन्त्रालयले केही दिनमै अनूगमन गरेर समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको थियो । तर कृषक घर्तीले मन्त्रालयले उक्त गुनासो सुनुवाई नगरेको भन्दै फेरी कर्णाली रैबारमै गुनासो गर्नुभएको छ ।
यता, प्रदेशको भूमी व्यावस्था कृषी तथा सकहकारी मन्त्रालयलका प्रवक्ता धन बहादुर कठायतले भने बंगुर पालक किसान घर्तीलाई निवेदन दिन आग्रह गर्नुभयो ।