दैलेख, १० कात्तिक (जागरण) । दैलेख गुराँस गाउँपालिकाले जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता लिन सहजताको लागि हेल्प डेस्क स्थापना गरेको छ ।
सामाजिक सुरक्षा भत्ता लिन आउने जेष्ठ नागरिकलाई लाइनमा बस्नुपर्ने अवस्था रहेको गुनासो आएपछि गाउँपालिकाले हेल्प डेस्क स्थापना गरि सहयोग गर्न थालेको हो ।
पालिकाको केन्द्र रानिमत्तामा प्रभु बैंकको शाखाबाट जेष्ठ नागरिकहरुको भत्ता निकासा हुने गरेको छ । एकैपटक सबै जेष्ठ नागरिक भत्ता लिन आएपछि लाइनमा बस्नुपर्दा समस्या कम गर्न हेल्प डेस्क स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
हेल्प डेस्कमा आफ्ना कर्मचारी खटाइएको र कर्मचारीले जेष्ठ नागरिकको भत्ता निकासा गर्न सहयोग गर्ने गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।
हेल्प डेस्क स्थापना भएपछि आफुहरु लाइनमा लाग्नुपर्ने बाध्यता हटेको एकजना जेष्ठ नागरिकलाई उद्धृत गर्दै हेल्प डेस्कमा खटिएका कर्मचारी श्यामसुन्दर खड्काले जानकारी दिनुभयो ।