कर्णालीका मुख्यमन्त्रीले राजिनामा नदिए भोलीसम्म सरकार छाड्ने काँग्रेसको चेतावनी (अडियोसहित)

सुर्खेत, १५ कात्तिक ।
कर्णाली प्रदेशको सत्ता साझेदार दल नेपाली कांग्रेसले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सत्ता हस्तान्तरण नगरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
गत बैशाख २ गते भएको ११ बुँदे सहमती भएको थियो उक्त सहमतीको एउटा बुँदामा काँग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो । ओवादीबाट मुख्यमन्त्री बनेका शाहीले पूर्वसहमति अनुरुप आज सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेसको माग छ । तत्कालिन नेकपा एमालेबाट फ्लोर क्रस गरेर मन्त्री बनेका तिनजनाको पद आज स्वतः सकिएको छ । अहिले प्रदेश सरकारको मन्त्रीपरिषद बैठक बसिरहेको जनााइएको छ ।
नेकपा फुटेपछि अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई काँग्रेससहित नेकपा एमालेका तत्कालिन ४ जना सांसदले विश्वासको मत दिएपछि उहाको पद जोगिएको थियो ।
भोलीसम्म ठोस निर्णय गर्छौः कांग्रेस सांसद शाही
अहिले प्रदेश सरकारमा कांग्रेसका दुई मन्त्री छन । माओवादी केन्द्रसँग वार्ता भइरहेको र सहमती कार्यान्वयन नभए भोलीसम्म सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाइने कांग्रेस सांसद हिमबहादुर शाहीले बताउनुभयो ।
उहाले भन्नुभयो, ‘अहिले कुराकानी भइरहेको छ, यदी माओवादी केन्द्रले सहजसँग सत्ता हस्तान्तरण नगरे हामी सरकारबाट भोली नै बाहिरिन्छौ ।’ उहाले थप्नुभयो, ‘राजनितिमा इमान्दारिता पनि चाहिन्छ, इमान्दारितापूर्वक हिड्ने होइन भने हामी सरकारमा बसिरहनुको केही अर्थ छैन ।’
मुख्यमन्त्री शाहीले आज राजीनामा नदिए कांग्रेसको भोलि मंगलबार बिहान बैठक बसेर निर्णय गर्ने कांग्रेस सांसद शाहीले जानकारी दिनुभयो ।
केन्द्रबाट सरकार नछोड्न सर्कुलेसन होला नी तपाईँको पार्टीको ? भन्ने प्रश्नमा भने उहाले जागरणसँग भन्नुभयो, ‘हाम्रो सहमती र निर्णय बैशाख २ गते भएको हो, केन्द्रले अहिले निर्णय गरेर हुन्छ र ? हामीलाई केन्द्रमा पार्टीले गरेको निर्णयले केही फरक पार्दैन । सुन्नुहोस अडियोमा