सुर्खेत, ३० कात्तिक (जागरण)।
वीरेन्द्रनगर ११ की सविना बानु विहान पख भान्साको काम गर्दै थिइन । साथीले फोन गरेर ‘फेसबुकमा किन त्यस्तो नराम्रो पोष्ट गरेकी’ भनेपछि झसङ्ग भइन् । छिटो छिटो फोन राखेर मोवाइलमा फेसबुक खोलिन् । तर साथीले भनेजस्तो कुनै नराम्रो पोष्ट भेटिनन् । फेरी साथीलाई फोन गरेर आफूले कुनै नराम्रो पोष्ट नगरेको भनिन् । साथीले उताबाट स्क्रिनसट गरेर म्यासेन्जरमा पठाइदिएप्छि भने सविना साथीको कुरा पत्याउन बाध्य भइन् । ‘मेरै नाम र प्रोफाइल पक्चिर राखेर कसैले ‘फेक’ अकाउण्ट खोलेको रहेछ’ उनले भनीन्,‘त्यस एकाउण्टमा हेर्दै जाँदा मेरो फोटो राखेर यौन व्यवसायीको रुपमा चित्रण गरेर एक दिनको यति रकम भनेर अफर गरेर हालेको रहेछ ।’ त्यस्तै मुस्लिम धर्मालम्बीहरुले निकै असुद्ध मान्ने सुँगुर टाउकोमा आफ्नो फोटो राखेको अर्काे फोटो थियो ।
आफूसंग भएका सबै प्रमाण लिएर उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । प्रहरीले उजुरी त लियो तर अनुसन्धान अगाडी बढाएन् । एक महिनासम्म प्रहरी कार्यालय धाएपछि काठमाण्डौँस्थित साइबर ब्यूरोमा मा जानुस भन्यो । ‘एक महिना धाइसकेपछि प्रहरीले तपाइका जस्ता उजुरी कति छन कति हामी केही गर्न सक्दैनौँ छिटो छरितो गर्ने भए काठ्माण्डौँ जानुस भन्यो’ उनले भनीन्,‘काठ्माण्डौँ गएर खर्च गरेर न्याय खोज्न सक्ने अवस्था भएन त्यसपछि प्रहरीमा जानै छोडँे ।’ सविनाले प्रहरीमा उजुरी दिएको एक बर्ष वितिसकेको छ । उनले एक बर्षसम्म पनि न त न्याय पाएकी छन न त प्रहरीबाट कुनै सोधपुछ नै भएको छ ।
वीरेन्द्रनगर ४ का किरण सापकोटाको फेसबुक एकाउण्टबाट गत साउन २० गते राती ‘समस्यामा परेकाछु पैसा पठाइदिनुप¥यो’ भन्नेर साथीहरुलाई म्यासेज आयो । कतिपय साथीहरुले त्यसअघि कहिल्यै पैसा नमाग्ने समस्यामा परेको होला भन्ने सोचेर म्यासेन्जरमा भने अनुसारकै खातामा पैसा पठाइदिए । साथीले ‘हिजो राती पैसा किन चाहिएको, कतिवेला फिर्ता गर्ने हो’ भनेर फोन गरेपछि किरन दङ्ग परे । किरनले साथीलाई आफूलाई कुनै अप्ठेरो नपरेको र पैसा पनि नमागेको जवाफ दिए । तर साथीले राती आफूलाई म्यासेज आएको भन्दै पैसा पठाएको स्क्रिनसट हालिदिए । ‘मलाई त केही थाहै थिएन विहान दश बजे तिर एउटा साथीले फोन गरेर पैसा मागेपछि पो थाहा पाएँ’ किरनले भने,‘म्यासेजमा अमृत पौडेलको एनएमबी बैंकको खातामा वा अनिस पौडेलको नाममा कामना सेवा विकास बैंकको खातामा पैसा पठाउन भनेको रहेछ ।’ आफ्नो एकाउण्ट ह्याक भएको थाहा पाएर किरन तुरुन्तै जिल्ला प्रहरी कार्यालय गए । उनी प्रहरीमै हुँदा पनि उनको आइडीबाट पैसा मागेको म्यास गइरह्यो । उनी आत्तिएर बैंकमा फोन गरेर उल्लेखित खाता नम्बर ब्लक गरिदिन आग्रह गरे । तर बैंकबाले प्रहरीको चिठ्ठी नभई खाता रोक्का गर्न नमिल्ने जवाफ दिए । ‘बैंकमा गए प्रहरीले गर्छ भन्छ प्रहरीमा जाँदा अनुसन्धान भइरहेको छ भन्छ’ उनले भने ‘साउन २० गते भएको घटना हो अझैसम्म न्याय पाएको छैन ।’ जिल्ला प्रहरीमा जाँदा साइबर ब्यूरोले अनुसन्धान गरिरहेको भन्ने मात्र जवाफ पाउने गरेको सापकोटाले बताए । म्यासेजकै भरमा करिब एक लाख रुपैँया पठाइदिएको लिष्ट साथीहरुले उनलाई दिएका छन् । ‘केही साथीहरुले फोन गरेर मैले तपाइलाई नै भनेर पैसा पठाइदिएको भन्दै पैसा फिर्ता मागिरहेका छन्’ उनी भन्छन्‘म त श्रीमतीको गहना बेचेरै भएपनि पैसा फिर्ता गरिदिउँकी भनेको थिएँ प्रहरीले तपाइको खातामा पठाएको छैन फिर्ता गर्दा अनुसन्धानमा असर पर्छ भन्छ ।’
पछिल्लो समय सूचना प्रविधिको विकाससंगै त्यससंग सम्बन्धित अपराधमा पनि बृद्धि भएको छ । तर साइबर अपराधमा उजुरी गर्ने, अनुसन्धान गर्ने सरकारी संयन्त्र काठ्माण्डौँमा मात्र केन्द्रित हुँदा सर्वसाधारणको पहुँच पुग्न सकेको छैन् । बरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमाल साइबर अपराधसम्बन्धि अनुसन्धान गर्ने र न्याय दिने प्रक्रियालाई सरल बनाउनुपर्ने सझाव दिन्छन् । ‘अहिले सूचना प्रविधिको विकास व्यापक भैरहेकाले यससंग सम्बन्धित अपराध अनुसन्धान र न्याय दिलाउने कामलाई पनि व्यापक बनाउनुपर्छ’ उनले थपे,‘जनशक्ति र प्रविधि भएन भनेर देशै भरिको एकै ठाउँमा केन्द्रित गर्नु त भएन नी ।’ तत्कालै कम्तिमा प्रदेश प्रदेशमा साइबर अपराध व्यूरोको संरचना हुनुपर्ने र विस्तारै जिल्ला जिल्लामा हुनुपर्ने बरिष्ठ अधिवक्ता हमालको भनाइ छ । लागू आषैध, डिएनए परीक्षण गर्नुपर्ने लगायतका मुद्धामा जस्तै सिमित कुराहरु काठमाण्डौँबाट गरेर पनि जिल्ला तहबाटै मुद्धा चलाउने व्यवस्था गर्न सकिने उनको सुझाव छ ।
अनुसन्धार निकाय काण्माण्डौँमा मात्र हुँदा समस्या
किरन र सविना त साइबर अपराधमा पीडित प्रतिनिधि पात्र मात्र हुन् । साइबर अपराधमा मुद्धा दिएपनि न्याय पाउन झण्जेट व्यहोर्नुपर्ने धेरै छन् । अनुसन्धान गर्ने निकाय प्रहरीको साइबर अपराद अनुसन्धान ब्यूरो काठमाण्डौँमा सिमित हुँदा दूर दराजका नागरिकको पहुँचमा पुग्न सकेको छैन् । ‘काठमाण्डौँ जानै सकिएन् प्रदेश राजधानीमै साइबर ब्यूरो भइदिएको भए मैले न्याय पाउने थिएँ की’ सविना भन्छिन ‘कम्तिमा पनि प्रदेश राजधानीमा त साइबर अपराध व्यूरो हुनुपर्ने हो ।’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक माधव श्रेष्ठ हाल जिल्ला प्रहरी कार्यालय मार्फत साइबर अपराध सम्बन्धीका उजुरीहरु व्यूरोमा पठाउने र समन्वयको काम मात्र भइरहेको बताउँछन् । दक्ष जनशक्ति र प्रविधिको अभावमा प्रदेश स्तरमा साइबर ब्यूरोको संरचना हुन नसकेको उनको भनाइ छ । ‘अनुसन्धानका लागि त्यससम्बन्धी दक्ष जनशक्ति र फरेन्सिक ल्याब जस्ता प्रविधि हुनुप¥यो’ प्रवक्ता श्रेष्ठले भने‘भविष्यमा प्रत्येक प्रदेशहँुदै जिल्लामा पनि उजुरी गर्ने अनुसन्धान गर्ने व्यवस्था हुन्छ होला ।’
कर्णालीमा बढ्दै साइबर अपराध
पछिल्लो समय साइबर अपराध बढ्दै गएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको पछिल्लो तीन बर्षको तथ्यांकले साइबर अपराध तिब्र रुपमा बढेको देखाउछ । आर्थिक बर्ष २०७६÷०७७ मा साइबर अपराध सम्बन्धी प्रदेशभर २८ वटा उजुरी परेकोमा ०७७÷०७८ मा ४९ उजुरी परेका थिए । चालु आर्थिक बर्षको असोजसम्म ४० उजुरी परेका छन् । २०७६÷०७७ देखि गत असोजसम्म सुर्खेत जिल्लामा सबैभन्दा बढी ७२ उजुरी परेका छन भने मुगु र डोल्पामा एउटा पनि उजुरी परेका छैनन् । यस्तै दैलेखमा १६, जाजरकोटमा ९, जुम्लामा ६, कालिकोटमा पाँच, सल्यान र रुकुम पश्चिममा ४–४ तथा हुम्लामा १ उजुरी परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।