३ थान चितुवाको छालासहित ४ जना पक्राउ

सुर्खेत, मंसिर ५ ।
चितुवाको छालासहित चार जना कारोबारीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश ब्यूरोको संयुक्त टोलीले शनिबार बराहताल गाउँपलिका ५ बड्डीचौरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अछाम पंचदेवल नगरपालिका कमल शाही, बहादुर शाही, रामारोशन गाउँपालिकाका ओपेन्द्र शाह र दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिकाका बिलम शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले उनीहरुबाट तीन थान चितुवाको छाला बरामद गरेको छ ।
बड्डिचौर स्थित प्रेम होटलमा अवैध रुपमा दुर्लभ वन्यजन्तु चितुवाको छालाको कारोबार भैरहेको छ भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ । परेकाहरुलाई आवश्यक कारबाहीका लागि प्रहरीले पक्राउ डिभिजन बन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा पठाएको छ ।
तस्वीर जिल्ला प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको हो ।