वर्षेनी खाद्य संकटः समाधान कसरी ? (अडियोसहित)

सुर्खेत, १३ असोज (जागरण) । कर्णालीका हिमाली जिल्लामा वर्षेनी खाद्यन्न संकट हुने गरेको छ । स्थानियले चाडपर्वमा समेत चामल पाउदैनन ।
ढुवानी समस्याले कर्णालीमा चामलको अभाव सुरु भएको छ । ४ महिनादेखि कर्णालीका हुम्ला डोल्पा र मुगुलगायतका जिल्लामा चामल अभाव हुन थालेको हो ।


सडक सञ्जालले नछोएको हुम्ला र डोल्पाका ग्रामिण भेगमा नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि खाद्यन्न अभाव भएको छ ।
डोल्पाका अधिकासं जिल्लामा खाद्यान्न डिपोमा चामल सकिएपछि उपभोक्ताले दुई महिनादेखि किन्न पाएका छैनन ।
हुम्लाको सर्केगार्ड, श्रीनगर र देउलीका डिपोमो पनि चामल नभएको स्थानीयले बताएका छन् ।
नेपाल खाद्य संस्थानका प्रवत्ता शंकर सापकोटाले कर्णालीका लागि झण्डै सवा लाख क्विन्टल चामल आवश्यक पर्ने बताउनुभयो ।
यसै विषयमा सहकर्मी नन्द कठायतले कर्णालीमा हुने खाद्य संकट समाधानका लागी के गर्नुपर्ला ? भनेर सोध्नुभएको छ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै ।