शिक्षक सेवा आयोगले खुलायो माध्यमिक तहको विज्ञापन

काठमाडौं, २९ मंसिर (जागरण) । शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन खुलाएको छ । आयोगले १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको सूचना अधिकारी सुदर्शन मरहठाले जानकारी दिनुभयो ।
उहाका अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्नुपर्ने छ । चैत १५ परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ ।
विज्ञापन आज बुधबारको गोरखापत्र दैनिकमा प्रकाशन हुने उहाले बताउनुभयो ।