सुर्खेत सभाहल हस्तान्तरण

सुर्खेत, २३ पुष (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुर्खेत सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रिले बिहीबार एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै नगरपालिकालाई हस्तान्तरण गर्नुभको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा रहेको उक्त सभाहल २५ हजार २८९ दशमलव १६ वर्गमिटर क्षेत्रफल अर्थात ५० रोपनी जमिनमा निर्माण गरिएको छ ।
सभाहल निर्माणका लागि आर्थिक बर्ष २०७३÷०७४ मा राष्ट्रिय भवन संहिता २०६० को मापदण्ड अनुसार आर सिसि फार्म स्ट्रक्च्युरल भिजन हल’ भवनको डिजाईन गरिएको थियो । २०७३ साल देखि निर्माण सुरु गरिएको सभाहल तीन बर्षमा निर्माण सक्ने भनिएपनि ढिलागरी निर्माण सम्पन्न भएको छ । सभाहल २६ करोड ९१ लाख ९५ हजार २६४ रुपैंया बराबरको लागतमा निर्माण सम्पन्न भएको छ ।
सभाहलको कुल एरिया ३ दशमलव १९२ वर्गमिटर र टोटल फ्लोर एरिचा ७ दशमलव ४२९ वर्ममिटरमा रहेको छ । चार सय पेरिमिटर बराबरको कम्पाउण्ड वाल निर्माण गरिएको छ भने एक मुख्य प्रवेशद्धार र दुई वटा सहायक प्रवेशद्धार निर्माण गरिएको छ । यस्तै सभाहल ४ वटा ब्लग मिलि बनेको छ । ब्लग एकमा मल्टि प्रपोज हल तीन वटा रहेका छन् । जसमा पहिलो मल्टि प्रपोज हलमा १५० सिट क्षमता, दोस्रो मल्टिप्रपोज हलमा एक सय सिट क्षमता र तेस्रोमा ५० सिट क्षमता रहेका छन् । साथै पहिलो ब्लगमा ग्यालरी तथा महिला पुरुष ट्वाईलेट जस्ता संरचनाहरु रहेका छन् ।
सभाहल परिसरमा ११० वटा सवारी पार्किङ्ग गर्न सकिने व्यवस्था गरिएको छ भने दुई पाङ्ग्रे सवारी पार्किङको व्यवस्था गरिएको छ। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नगरपालिकालाई हस्तान्तरण गरेपनि यसको सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले सभाहलको दोस्रो चरणको कामको लागि तत्काल प्रक्रिया अघि बढाइदिन मन्त्री झाँक्रलाई आग्रह गर्नुभएको छ ।