नन्द कठायत ।
सुर्खेत, ९ माघ (जागरण) । कर्णाली प्रदेशका स्थानीय सरकारहरुले कृषि उत्पादन र त्यसको बजारि करणका लागि अनुदानका कार्यक्रमलाई जोड दिएका छन् ।
किसानहरुको आर्थिक उपार्जनका लागि स्थानीय सरकारले विभिन्न अनुदानका कार्यक्रमहरुलाई जोड दिइएको बताएका हुन् ।
उत्पादनमा वृद्धी गर्न किसानलाई बिउ, मल तथा अन्य नयाँ प्रविधिहरुमा जोड दिएको बताएका छन ।
दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले किसान सगँ साझेदारी कार्यक्रम, कृषक प्रवर्दनका कार्यक्रम संचालन गरि उत्पादनमा वृद्धि गरिएको जानकारी दिनुभयो । साथै गाउँपालिका मार्फत प्रत्येक वडाहरुमा कृषी प्राविधिक पनि पठाइएको उहाले बताउनुभयो ।
उहाका अनुसार लक्षित समूदायको हितमा केन्द्रित हुनेगरी गाउँपालिकाले प्रत्यक वडामा २÷२ जनालाई कृषक स्वयम सेवक तोकेको छ ।
पालिकाको कुल बजेट मध्ये प्रत्येक वर्ष १५ प्रतिशत कृर्षी क्षेत्रमा लगानि गर्ने गरेको अध्यक्ष ओलीले कर्णाली रैबारलाई जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘हामीले कृषि उत्पादन बढाउन विभिन्न नीजि, साझेदारी मोडेलमा काम गरिरहेका छौँ, बिऊ वितरणदेखि कृषि प्राविधक गाउँमा खटाएका छौ ।’ उनले थपे, ‘बजारिकरणको सन्दर्भमा स्थानीय मण्डीहरु र विभिन्न सहकारीहरुसँग सहकार्य गरेका छौ ।’
यस्तै, सल्यानमा पनि साना किसान कृषि सहकारीमार्फत समुहरु बनाइ समुहको प्राविधिक सहयोगमा अनुदानका कार्यक्रमहरु मार्फत कृषि पेशामा आकर्षण बढाउन थालिएको छ ।
दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सीले कृषी वस्तु उत्पादन र विक्रि गरेको पणिनामाको आधारमा किसानलाई पालिकाले अनुदान दिनेगरी कार्यक्रमहरु अगाडि बढाएको जानकारी दिनुभयो ।
अहिले ६ वटै वडालाई दुध पकेट क्षेत्रकोरुपमा विकास गर्ने लक्ष्य लिएको भन्दै अध्यक्ष केसीले भन्नुभयो, ‘हामीले कृषि सम्बन्धी विभिन्न अनुदानका कार्यक्रम संचालन गरेका छौ, जुन कृषकले धेरै उत्पादन गर्छ त्यही अनुसार अनुदान दिने गरेका छौ, जसले गर्दा किसानहरुलाई कृषितर्फ आकर्षित बनाएको छ ।’
कृर्षी र पशुपालन क्षेत्रमा पालिकाले यो चालु आर्थिक वर्षमा करिब एक करोड वजेट विनियोजन गरेको केसीले जानकारी दिनुभयो । उहाका अनुसार पछिल्लो समय पालिकाका महत्वपूर्ण कृषि कार्यक्रमका कारण युवाहरु कृषि प्रति आकर्षित बनेका छन ।
यस्तै, सुर्खेतको लेकवेसी नगरपालिकाले पनि कृर्षी उत्पादीत वस्तुको बाजारीकरणका लागी निजि र सहकारीसँग सहकार्य गरेर किसानको उत्पादन खेर जान नदिइएको बताएको छ । तर कोरोनाका कारण प्रभावित भएको जनाइएको छ ।
नगरप्रमुख गगन सिं सुनारले कृषी क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट ल्याए पनि कोरोनाले गर्दा कृषी सम्बन्धिका कार्यक्रमहरु कार्यान्वयन गर्न समस्या भएको बताउनुभयो ।