राष्ट्रिय स्वास्थ्यकर्मी संघले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन पत्र, औषधिमा कालाबजारी रोक्न माग


जागरण संवाददाता
सुर्खेत, ९ माघ ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल कर्णाली प्रदेश समितिले कोभिड १९ व्यवस्थापन तथा स्वास्थ्यकर्मी परिचालनका सन्दर्भमा विभिन्न मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
संघले आइतबार मुख्यमन्त्री जीवनबहादुर शाही मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । ज्ञापन पत्र बुझाउँदै संघले सरकारी, नीजि, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तुरुन्त उपलब्ध गराउन माग गरेको छ । साथै तोके बमोजिमको सुविधान नदिने निकायलाई कारबाहीको दायरामा ल्यान माग गरेको छ । महामारी र नियमित स्वास्थ्य उपचाका लागि अत्यावश्यक औषधि, उपकरणहरुको अभाव र कालाबजारी तुरुन्त नियन्त्रण गर्न पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । संघको चरणबद्ध कार्यक्रम अन्तर्गत शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको थियो भने आइतबार सातै प्रदेशका मुख्यमन्त्री मार्फत ज्ञापन पत्र बुझाइएको छ । संघका केन्द्रिय सदस्य ःतुल्सी प्र. अधिकारी,प्रदेश सचीव सुशील शाही,सुर्खेत जिल्ला निबर्तमान अध्यक्ष अमर राना, सुर्खेत जिल्ला उपाध्यक्ष कर्ण आचार्य, प्रदेस कमिटी सदस्य कृष्ण कुमार बिष्ट, निराजन चपाई लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको थियो ।