मूल्यबृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियुको धर्ना


जागरण संवादाता
सुर्खेत, १घ माघ ।
नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर्न माग अनेरास्ववियुले आज निगमनको वीरेन्द्रनगरस्थित कार्यालय घेराउ गरेको हो । अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध कार्यक्रम गरेको थियो । मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि तत्काल खारेज गर्न माग राखी अनेरास्ववियु सुर्खेत जिल्ला कमिटीको आयोजना गरिएको कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य प्रेम खड्का, सत्य शाही,प्रभात पोख्रेल, हुम्ला जिल्ला अध्यक्ष जयराज संज्याल, सुर्खेत जिल्ला अध्यक्ष आशिष आचार्य, सहसचिव द्वय दिपक तिवारी, गिता राना, म.प बिश्वबिद्धालय अध्यक्ष प्रकाश रिजाल, अनेरास्ववियुका नेताहरु आशिष रेग्मी, मनिष चन्द, प्रतीक शाही, महालक्ष्मी बिश्वकर्मा लगायतका नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।