झण्डै साढे तीन महिनापछि पूर्णता पायाे कर्णाली प्रदेश सरकारले, काे काे बने मन्त्री

जागरण संवाददाता

सुर्खेत २३ माघ ।

कर्णाली प्रदेश सरकारले आज पूर्णता पाएको छ ।
मुख्यमन्त्री जीवन बहादुर शाहीले रिक्त पाँच मन्त्री नियुक्त गरेका हुन् । नेपाली काँग्रेस र माओवादी केन्द्रबाट दुई÷दुई तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त गरिएको छ । नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुधढा र दैलेखका हिमबहादुर शाही मन्त्री बनेका छन् । बुढा सामाजिक विकास मन्त्री र शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हुन। बुढा यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारमा पनि सामाजिक विकासमन्त्री थिए भने प्रमुख सचेतक शाही पहिलो पटक मन्त्री बनेका हुन । माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) मन्त्री बनेका छन् । सिंह उर्जा तथा जलस्रोत मन्त्री तथा लामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्। गैर सांसदलाई मन्त्री बनाउन लागेको भन्दै माओवादी बार्टी र जनस्तरमै बिरोध भएपनि लामा मन्त्री बनाएको छ ।
एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनेका छन् ।
मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् । १६ कातिकमा मुख्यमन्त्री बनेका शाहीले झण्डै साढे तीन महिनापछि मन्त्री परिषद्लाई पूर्णता दिएका छन् । नव नियुक्त मन्त्रीहरुले आज प्रदेश प्रमुखबाट सपथ लिएका छन् ।