सुर्खेत बराहातालमा एक्काइस जना युवाहरु उद्यमी बन्दै

सुर्खेत, ९ फागुन (जागरण) । सुर्खेत वराहाताल गाउँपालिकामा लघु उद्यम सम्बन्धी तालिम शुरु भएको छ ।
समाज जागरण केन्द्र(स्याक) नेपालको आयोजना, सेभ द चिल्डेनको प्राविधिक सहयोग तथा बराहता लगाउँपालिकाको समन्वयमा संचालित पावर परियोजना अन्तरर्गत आइतबारदेखि तालिम शुरु भएको हो ।
युवाहरुको सिप तथा क्षमता विकास गरी युवा स्वरोजगार लाई प्रवद्र्धन तथा युवाहरुलाई स्थानिय रुममा नै उद्यमशिल बनाउने उद्देश्यले तालिम संचालन गरिएको हो ।
पाँच दिनसम्म संचालन हुने तालिममा ७ पूरुष र १४ जना महिला सहभागी रहेको परियोजना संयोजक तेज सोनामले जानकारी दिनुभयो ।
युवाहरुलाई उद्यम विकास तालिम लिई स्वरोजगार हुन चाहने तोकिएका मापदण्ड पुरा गरेका स्थानिय युवाहरुलाई आवेदन माग गरी प्राप्त आवेदनको आधारमा २१ जना युवाहरुलाई उद्यम विकास तालिममा समावेश गरिएको उहाले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वराहाताल गाउँपालिका अध्यक्ष तेज बहादुर बस्नेतले गाउँपालिकामा धेरै युवाहरु रोजगारको लागि छिमेकी मुलुक भारत लगायतका अन्य मुलकमा जान बाध्य रहेको भन्दै यो तालिमले त्यसलाई केही हदसम्म समाधान गर्ने बताउनुभयो ।
गाउँपालिका मार्फत पनि वेरोजगार युवाहरुलाई विभिन्न सिप विकास गरी स्वरोजगार बनाउनको लागि विभिन्न कार्यक्रम संचालन गरिएको भन्दै स्याक नेपालले गाउँपालिकाको समन्वयमा गरेर उद्यम विकास तालिम संचालन गरी स्वरोजगार बनाउन सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
उपाध्यक्ष शोभा कुमारी शर्माले पनि रोजगारी सिर्जन ागर्ने एउटा माध्यमको रुपमा उद्यमशिलता तालिम भएको भन्दै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको उद्घाटन शत्रमा स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यले तालिमको उद्धेश्य प्रकाश पार्दै संस्थाले यस तालिममार्फत छनौट भएका केही युवाहरुलाई सिप विकास तालिल र केही युवाहरुलाई विभिन्न व्यवसाय संचालनको लागि परियोजना मार्फत आर्थिक तथा जिन्सी सहयोग समेत उपलव्ध गइने बताउनुभयो ।
उहाले दिगो आर्थिक विकासको लागि निरन्तर सहजिकरण गर्ने भएको हुदा सम्पुर्ण सहभागीहरुलाई सक्रियतापुर्वक तालिममा सहभागी भई आफ्नो व्यवसायीक योजना तयार गर्न आग्रह गर्नुभयो ।
तालिमको उद्घाटन समारोहमा बराहताल गाउँपालिकाका वडा नम्बर ५ वडा अध्यक्ष तिलक मर्साङ्गि, जनज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देल र समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यसमिति सदस्य नवराज खड्काको सहभागिता रहेको थियो ।
तालिम आगामी फागुन १२ गतेसम्म संचालन हुने छ ।