वडा अध्यक्षको शोकमा भेरीगंगा नगरपालिकाले दियो सार्वजनिक विदा

जागरण
सुर्खेत,१५ फागुन  ।
भेरीगंगा नगरपालिकाले वडाध्यक्षको मृत्युको शोकमा आज (आइतबार) सार्बजनिक विदा दिएको छ ।
दुर्घटनामा मृत्यु भएका भेरीगंगा नगरपालिकाका–१ वडा अध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक विदा दिएको हो । नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी तथा गैरसकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिइएको नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा जनाईएको छ ।
वडा अध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा ३० वर्षीय कार्की २०७४ सालको निर्वाचनमा सुर्खेत जिल्लाका कान्छा वडा अध्यक्ष थिए ।