तिनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन ।
शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले काँग्रेस नेतृत्वले पनि गठबन्धन आवश्यक ठानेको भन्दै तिनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका हु्न ।
उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ, हामीले मात्र होइन काँग्रेस नेतृत्वले पनि गठबन्धन चाहेको छ ।’ उनले थपे, ‘यो गठबन्धन टुटाउन प्रतिक्रियावादी सक्रिय भएपनि त्यो प्रयासलाई बिफल बनाइएको दाबी गरे ।
ममाओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका उनले एमसीसी पास भएपछि गठबन्धन झनै बलियो भएको बताए ।
राष्ट्रिय राजनीति माओवादीको इसारामा चलेको उनको दाबी छ । साथै, प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गरे ।
प्रचण्डले अहिले माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरिरहेका छन ।