सुर्खेत उद्योग वाणिज्य संघमा तालाबन्दी

सुर्खेत, ३० फागुन (जागरण) । सुर्खेत उद्योग वाणिज्य संघमा सोमबार तालाबन्दी गरिएको छ ।
व्यवसायीहरुले विभिन्न समयमा उठाएका विषयहरुलाई सम्बोधन गर्न वैधानिक बाटोबाट समाधान गरेर मात्रै निर्वाचन गुर्न माग राख्दै लाताबन्दी लगरिएको हो ।
वाणिज्य संघमा तालाबन्दी गर्दै उनिहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ज्ञापन–पत्र बुझाइएको छ ।
यस्तै, संघका सदस्य व्यवसायीहरुले व्यवसायी एकता र हितका लागि सदस्यता नविकरणको माग राखि विगतमा सृजना भएका विवादहरुलाई समाधान गर्न भएका पटक–पटकका छलफल गरिएको कार्यसमितिले निर्वाचन घोषणा गर्नुपूर्व कार्यालयमा सदस्यहरुले निवेदन दिईसकेपछि आएका निवेदनलाई समाधान गरेर निर्वाचन प्रक्रियामा जानुपर्नेमा कार्यसमितिले पूर्ण रुपमा त्यसलाई एजेण्डा समेत नबनाई पूर्वाग्रही ढंगले बहुमतको हुर्मत देखाई अघि बढेकाले र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले नोट अफ डिसेन्ट लेखेको र व्यवसायीहरुले तालाबन्दी समेत गरेका थिए ।