सल्यानमा बाल कुपोषण बढ्दै

शंकर केसी ।
सल्यान, १ चैत (रेडियो कपुरकोट) । सल्यानमा तीन वर्षको अवधिमा पाँच सय ८० जना कुपोषित भएका बालबालिका फेला परेका छन् ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै एक सय ३ जना कुपोषित भएका बालवालिका भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन देखि पुससम्म यहाँका एक सय ३८ बालबालिकामा कुपोषण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार मध्यम शीघ्र कुपोषित एक सय १७ जना र कडा शीघ्र कुपोषित भएका २१ जना बालबालिका चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा फेला परेका हुन् ।
यसले सल्यानका बालबालिकाहरूमा कुपोषणको दर बढ्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा मध्यम कुपोषित एक सय ९४ र कडा कुपोषित २७ जना, आर्थिक वर्ष २०७७÷०७८ मा एक सय ९६ मध्यम र २५ कडा कुपोषित बालबालिका फेला परेका थिए ।