शनिवार भेरी नदीमा वेपत्ता भएका तीन जना बालकालिका अझै भेटिएनन

सुर्खेत, १ चैत (जागरण) । शनिवार भेरी नदीमा वेपत्ता भएका तीन जना बालकालिकाहरुको सशस्त्रको गोतोखोर टोलीले खोजी जारी राखेको छ ।
सोमबार विहान साढे १० बजेबाट सशस्त्र प्रहरीको तालिम प्राप्त चार जना गोताखोर टोलीले नदीमा खोजविन गर्दा पनि बालबालिकाको कुनै पत्तो लाग्न सकेको छैन् ।
नम्बर ३२ रक्तकालि गण बाँगेशीमल सुर्खेतबाट डिएसपी करण धामी र सशस्त्र प्रहरीको शम्शेरगञ्जबाट प्रहरी सहायक निरीक्षकसहितको चार जनाको टोलीले खोजी जारी राखेको हो ।
भेरीगंगा नगरपालिकामा पर्ने रामघाटस्थित दशरथपुर जोड्ने झोलुङ्गे पुलमूनीबाट नदीमा वेपत्ता बालबालिकाको खोजविन थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रासद घर्तीले जानकारी दिनुभयो ।
उनकाअनुसार सशस्त्रको गोताखोर टोलीले पुलदेखी तल खोज्दा पनि बालबालिकाको शव फेला पर्न सकेको छैन् ।
भेरीगगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा बेपत्ता हुने बालबालिकाहरुमा भेरीगंगा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा छन् ।