कोरोना भाइरस प्रतिकार्यका लागि ताजाकोटको प्रयास

नन्द कठायत ।
सुर्खेत, ५ वैशाख (जागरण) । कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वमा महामारीको रुपमा फैलिरहेको छ । यसको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मी सँगै तिनै तहका सरकार, विभिन्न संघ संस्थालगायतका निकायहरु खटिएका छन् ।

यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मी र स्थानिय सरकार आफ्नो–आफ्नो ठाउँबाट अहोरात्र खटिरहेका छन् । यो अवधिमा स्थानिय सरकार कसरी काम गरिरहेका छन् त ? यसै सन्दर्भमा हामिले हुम्लाको ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लसँग कुराकानी गरेका छौँ ।

१) कोरोनाको भाइरस भित्रिन नदिन के कस्ता कार्यहरु गरिरहनुभएको छ ?
ताजाकोट गाउँपालिकाले अहिले पहिलो चरणमा हामीले सुरक्षाकर्मी, स्वाथ्यकर्मी र स्वयम् सेवक परिचालन गरेको छ । त्यसपछि लगडाउनमा परेका नागरिकको लागि राहत वितरण गरेका छौँ । स्वास्थ्यकर्मी र स्वयम सेवकको पहलमा जनचेतना दिने कार्यक्रम अगाडि बढाएका छौँ । पिपिआर सेट लगायतका स्वास्थ्य सामग्री गाउँपालिकाले आफै खरिद गरेर केही सामग्री आइसकेको छ भने केही सामग्री आउने तयारीमा छ ।

२) गाउँपालिकामा बाह्य मुलुक तथा बाहिरी जिल्लाबाट भित्रिने नागरिकहरुको चेकजाच गर्ने प्रक्रिया कसरी अगाडी बढाउनुभएको छ ?
चेकजाचको काम कर्णाल प्रदेशको स्वास्थ्यकर्मीको टोलिबाट नमूना परिक्षण भएको छ । जो कोरोना भाइरसको शंका लागेका र क्वारानटाइनमा राखेका व्यक्तिको परिक्षण गर्‍यो प्रदेशको टोलीले । बाहिरबाट भित्रिएका सबैको नमूना परिक्षण गर्दा खेरी नेगेटिभ नै आयो रिपोर्ट ।

३) तपाईहरुले कसरी राहत वितरण के के आधार तयार गरेर गर्नुभयो ?
हाम्रो गाउँपालिकामा हामिले राहत वितरणलाई प्रभावकारी बनाउनको लागि वडाका जनप्रतिनिधिहरु मार्फत दुई पटक डाटा संकलन गर्‍यौँ । पहिलो चरणमा वडाका जनप्रतिनिधिले पहिला एकहोल सबै नागरिकको डाटा ल्याए मैले त्यो हुदैन जसको चुलोमा आगो बल्न सकेको छैन । जसलाई एक छाक खान राहत छैन उसलाई मात्र राहत दिनु पर्छ । यो घरमा खाना हुनेलाई राहत नदिने भने पछि त्यस्ता वर्गको पहिचान गरेर अति निम्न वर्गको लाईमात्र राहत वितरण गर्‍यौँ ।