नेकपा एमाले र राप्रपा नेपालबीच निर्वाचनमा तालमेल गर्ने सहमति

काठमाडौं ३० चैत (जागरण) । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ ।
दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमतिमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने लगायतका सहमति भएको छ ।
त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका प्रवक्ता सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमतिअनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यकाका लागि प्रस्ताव केन्द्रमा पठाउने सहमति भएको छ ।