कर्णाली प्रदेश सरकारले ल्यायो आगामी आर्थिक बर्षको लागि ३२ अर्बभन्दा धेरै बजेट

सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ ।
बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब कमको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।