ज्येष्ठ नागरिक भन्छन्ः हामीलाई सरकारले पनि हेप्यो (अडियोसहित)

सुर्खेत, १५ असार (जागरण) । कर्णाली प्रदेशका ज्येष्ठ नागरिकहरु सुर्खेतमा भेला भएका छन् । प्रदेशका विभिन्न बृद्धाआश्रममा बस्दै आएका उनीहरु सुर्खेतमा भेला भएका हुन ।
भेलामा बोल्दै सरोकारवालाहरुले ज्येष्ठ नागरिकलाई आश्रम नभइ घरमैै बस्ने वाताबरण सिजर्ना गर्नुपर्नेमा जोड दिएका छन् ।  परिवारका हरेक सदस्य पनि सामाजिक मर्यादा र कर्तव्य सम्झेर यस तर्फ गम्भीर भएर लाग्नुपर्ने उनीहरुको भनाई छ ।
नियमित अनुगमन नहुनाले जेष्ठ नागरिकका लागी आउने गरेको रकम पनि अन्य क्षेत्रमा नै खर्च हुने गरेको उनीहरुको गुनासो छ । यसैबिच, ज्येष्ठ नागरिकका समस्या, गुनासा र सरकारको योजनालगायत विषयलाई समेटेर सहकर्मी प्रभा रावतले तयार पार्नुभएको एक रेडियो सामग्री (अडियाे रिपाेर्ट) ।