कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, कतिजना पास भए ? हेर्नुस् नतिजा

काठमाण्डौं १५ असार (जागरण) । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।
यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् ।
सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । (नतिजा हेर्नुहाेस्) ।

Passers-List