मुलुुक निर्माणका लागि गठबन्धन होइन बलियो शक्तिको आवश्यकता छः एमाले महासचिव पोख्रेल


सुर्खेत, ८ साउन ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार राष्ट्रिय अर्थतन्त्रलाई धारासायी बनाउने सरकारको रुपमा देखा परेको टिप्पणी गर्नुभएको छ ।
आइतबार सुर्खेतमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा संचारकर्मीहरुसंग कुरा गर्दै यस्तो बनाउनुभएको हो । सरकारले आवश्यकता बन्दा बढी वस्तु आयात गरेर तस्करी तन्त्रलाई बढवा दिनुका साथै उत्पादनमुखी उद्योगलाई धरासायी बनाउने र आयातलाई प्रोत्साहन गर्ने गरेको महासचिव पोख्रेलले आरोप लगाउनुभएको छ । ‘सरकारको शैलीले मुलुकको अर्थतन्त्र असाधारण संकटतर्फ गएको छ ’ उहाँले भन्नुभयो‘बैंकमा आर्थिक तरलता छ बजारमा पैसा अभाव छ र यति ठूलो परिमाणामा वस्तु आयात गरिएको छ यसले सरकार दलाल नोकरसायी पुँजीवादको हिमातीको रुपमा सरकार रुपमा देखा परेको छ ।’
गठबन्धन सरकार मूलुकको परराष्ट्रनीतिलाई असन्तुलित बनाउने र असंलग्नताको नीतिलाई व्यवास्ता गर्दै षडयन्त्रमा लागेको उहाँको भनाइ छ । विकास र समृद्धिको गठबन्धनबाट हुन नसक्ने भन्दै अब गठबन्धन नभइ बलियो शक्तिको आवश्यक हुने उहाँले बताउनुभयो । ‘राजनीतिक परिवर्तन मिलेर हुन्छ मुलुक निर्माण बलियो शक्तिको माध्यमबाट हुन्छ’ महासचिव पोख्रेलले भन्नुभयो ‘त्यसैले अहिले मूलक निर्माणको खाँचो छ त्यसको लागि गठबन्धन होइन बलियो शक्तिका रुपमा एमालेको खाँचो छ ।’
एमालेले कर्णाली प्रदेशले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भाग लिन शनिबार सुर्खेत आइपुग्नुभएका पोख्रेल आइतबार विहान काठमाण्डौँ फर्किनुभएको हो ।