नागरिकता सम्बन्धी विद्येयक विदेशीको स्वार्थमा ल्याइएको एमाले महासचिव पोख्रेलको जिकिर


सुर्खेत, ७ साउन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई स्वार्थको झुण्डको संज्ञा दिनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आज एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोख्रेलले वर्तमान सरकार स्वार्थको झुण्ड भएको र जनपक्ष काम गर्न असफल भएको बताउनुभएको हो । सरकारले देश र जनताका लागि काम गर्ने भन्दा पनि एमालेलाई कसरी रोक्ने भन्ने कुरामा मात्र ध्यान केन्द्रीत गरेको महासचिव पोख्रेलले जिकिर गर्नुभयो ।

यस्तै शुक्रबार संसदबाट पारित गरिएको नागरिकता विद्येयकका विषयमा टिप्पणि गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत गएर फर्किएपछि भारतकै इसरामा पारित गरेको आरोप लगाउन भयो । नेकपामा हुँदा नागरिकता विद्येयकका विषयमा सबैभन्दा विरोध गर्ने प्रचण्ड र माधव नेपाल नै भएको स्मरण गर्दै उहाँले अहिले पारित गर्न उनीहरुनै अघि सर्नुले बाहिरी स्वार्थबाट चलेको पुष्टि हुने जिकिर गर्नुभयो ।
उहाँले एमालेले कर्णाली सरकारको नेतृत्व गरेको भए यहाँको रूपरंग फेरिने उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको आरोप लगाउनुभयो ।
उहाँले माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई एमालेमा फर्किन र बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताउनुभयो ।
एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटौ नै नेपाली राजनीतिको बाटो भएको उहाँको तर्क छ ।
प्रचण्ड र माधव नेपालले देउवाको बाटोमा हिँडेर एमालेको नेतृत्वमाथि आक्रमण गरिरहेको आरोप समेत लगाउनुभएको छ ।