भैरव माध्यामिक भैरवस्थानकाे अध्यक्षमा तिमिल्सेना

सुर्खेत, ३१ साउन ।
 भैरव माध्यामिक विद्यालय वीरेन्द्रनगर -४ सुर्खेतकाे  विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा गंगाराम तिमिल्सेना चयन हुनुभएकाे छ ।
तिमिल्सेनाकाे अध्यक्षतामा आइतकार नयाँ समिति चयन भएकाे हाे । अध्यक्षमा चुनिएपछि प्रतिक्रिया दिँदै तिमिल्सेनाले विद्यालयकाे शैक्षिक एवं भाैतिक पूर्वाधार विकासका लागि अहाेरात्र खटिने बताउनुभएकाे छ । साथै विद्यालयलाई नमूना विद्यालयकाे रुपमा विकास गर्ने उहाँले बताउनुभएकाे छ ।
साथै सदस्यमा पार्बती धौलाकोटी,  गणेशमान खनाल, कमला गैरे, चन्द्रा बिक, बिष्णु प्रसाद चालिसे चयन हुनुभएकाे सदस्य सचिव एवं प्राधानाध्यापक भक्तबहादुर जिसीले जानकारी दिनुभयाे । समितिले  निलकण्ठ खनाल र कालुराम धौलाकोटीलाई सल्लाहकारमा चयन गरेकाे छ ।