कर्णाली प्रदेश सकार विकासभन्दा मन्त्री नियुक्त गर्नेमा केन्द्रीत

कर्णाली प्रदेश सकारले विकासका कामभन्दा मन्त्री नियुक्त गर्नेमा आफ्नो ध्यान केन्द्रीत गरेको छ ।
प्रदेश सभाको पाँच वर्षे कार्यकाल सकिन लाग्दा समेत मन्त्रीहरु फेरबदल गर्ने काममा केन्द्रीत देखिएको हो ।
प्रदेश सभा गठन भएयता प्रदेशमा २० जना मन्त्री बनेका छन । सबैभन्दा कम ४० जना सांसद रहेको सभामा जम्मा सांसदको ५० प्रतिशत अर्थात आधा सांसद मन्त्री बनेका हुन ।
अहिलेसम्म दुइजना मुख्यमन्त्री बनेका छन भने दुइजना नयाँ मन्त्री बनाउने तयारी गरिएको छ । कर्णालीमा ८ सदस्य मन्त्रीमण्डल रहेको छ ।
पटक पटक मन्त्री मात्रै परिवर्तन गरेको सरकारले पछिल्लो पटक माओवादीबाट दुइजना मन्त्रीहरु शिफरिस हुन लागेका हुन । प्रदेशसभामा माओवादी केन्द्रबाट प्रत्यक्ष र समानुपतिक गरि ११ जना सांसदहरु रहेका छन । अहिलेसम्म ९ जना मन्त्री भइसकेका छन भने बाँकी दुइजना सांसद कृष्ण शाह र रातो कामी मन्त्री बन्दै छन ।
यती मात्रै होइन माओवादी केन्द्रले सासंद नरहेका हुम्लाका छिरिङ कार्चेल लामालाइ पनि ६ महिना मन्त्री बनाएको छ ।
यस अघि माओवादी केन्द्रका महेन्द्र बहादुर शाही मुख्यमन्त्री हुनुहुन्थयो भने अहिले नेपाली काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुनुहुन्छ ।
दलहरु सत्ता स्वार्थ कै कारण कर्णालीको विकास निर्माण भने प्रभावित हुन पुगेको छ ।
कर्णाली प्रदेशको पाँच वर्षे अवधि विकास निर्माण भन्दा सत्ता टिकाउने दाउपेचमै वितेको छ ।
यता राजनीतिक विष्लेशक पिताम्वर ढकालले पटकपटक मन्त्री फेरिनुले संविधानको विर्खिलाप भएको टिप्पणी गर्नुभयो ।
उहाँले विकास निर्माण लगायतका काम नगरेर मन्त्री परिवर्तन गर्नु सत्तास्वार्थ, पद, पैसा कमाउने धन्दा भएको उल्लेख गर्नुभयो ।