सिमान्तकृत समुदायका बालबालिका र युवाको सहयोगी पावर फर एवाई

सुर्खेत, ८ पुस ।
कम्जोर आर्थिक अवस्थाका कारण पढाईलाई निरन्तरता दिन नसक्ने अवस्थाका बालबालिकाका लागि पावर फर एवाई परियोजना सहयागी बनेको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले वीरेन्द्रनगर र बराहताल गाउँपालिकामा सञ्चालन गरेको उक्त परियोजनाबाट विद्यालय उमेरका बालबालिका र युवाहरु लावान्वित बनेका हुन् । सन २०२३ मा विद्यालय छाड्ने सक्ने सम्भावना भएका वीरेन्द्रनगरका ३७ जना बालबालिकालाई परियोजना मार्फत प्रति व्यक्ति १२ हजारका दरले शैक्षिक सहयोग गरेको परियोजना संयोजक तेज सोनामले जानकारी दिनुभयो । साथै परियोजनाले शिक्षण सिकाई बृद्धिका लागि पनि सहयोग पु¥याएको संयोजक सोनामले बताउनुभयो । उहाँका अनुसार शैक्षिक सत्र २०७९÷ ०८० मा ९७ जना र यस शैक्षिक सत्रमा ७८ जना विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन गरिएको थियो। उक्त कक्षामा सहभागी विधार्थीलाई ७५ दिने शिक्षण मार्फत औषत २१.४० प्रतिशत शिकाई उपलव्धिमा वृद्धि भएको संयोजक सोनामले बताउनुभयो ।
यस्तै परियोजनाबाट वीरेन्द्रनगरका ३९ जना युवाहरुलाई लघु उद्यम विकास तालिम र जीवन उपयोगी सीप विकास तालिम प्रदान गरिएको छ । तालिम लिएका मध्य व्यवसाय सञ्चालन गर्न चाहाने १९ जनालाई प्रतिव्यक्ति २८ हजारका दरले रुपैँया पनि परियोजनाले प्रदान गरेको छ । जसबाट व्यवसायगरी परिवारको आर्थिक अवस्था सुधार गर्न मद्धत पुगेको व्यवसाय सञ्चालन गरेका युवाहरुले बताएका छन् । परियोजनाले स्वास्थ्य संस्था, विद्यालय र विपन्न किशोरीहरुमा जिवन उपयोगी सिप विकास, यौन प्रजनन् स्वास्थ अधिकार प्रवद्धन र जलवायु परिवर्तन सम्वन्धि ज्ञान सिप, धारणा विकास गर्नको लागि किशोरी समुह गठन गरी तालिम प्रदान गरिएको, किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रवाहको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको परियोजना संयोजक सोनामले जानकारी दिनुभयो । उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं १० संगको सहकार्यमा किशोरकिशोरी स्वास्थ्य कर्नर लागि कोठा निर्माण तथा सामग्री सहयोगगरी किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सुचारु गरिएको छ । यस्तै बाल विवाह न्युनिकरणका लागि किशोरकिशोरी, अभिभावक विच ढिलो विवाहको महत्व विषयक अन्तरक्रियाक कार्यक्रम संचालन गरिएको स्वास्थ्य संस्थाको खानेपानी तथा सरसफाई सुधारका लागि सहयोग गरेको, वीरेन्द्रनगर वडा नं १० र १२ मा परियोजना मार्फत शौचालय नभएको तथा प्रयोग योग्य नभएको अति विपन्न घरधुरीको पहिचान गरी ११ घरधुरीलाई शौचाल निर्माण सहयोग प्रदान गरिएको सोनामले जानकारी दिनुभयो ।
परियोजनाको बार्षिक समिक्षा सम्पन्न


पावर परियोजनाको बार्षिक समिक्षा तथा परियोजना सल्लाहकार समिति वीरेन्द्रगरको बैठक आइतबार सम्पन्न भएको छ । समितिकी संयोजक मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकमा परियोजनाले सन् २०२३ मा वीरेन्द्रनगरमा गरेका गतिविधिहरुको समिक्षा गरिएको थियो । नगर प्रमुख ढकालले परियोजना मार्फत नगरपालिका भित्रका बालबालिका र युवाहरुलाई सहयोग पुगेको बताउँदै परियोजनालाई नगरपालिकाले अपन्वत्व लिएको बताउनुभयो । नगरपालिकाले पनि महिला, विपन्न तथा बेरोजगार यूवाहरुलाई उद्यमी बनाई आर्थिक अवस्था सुधार गर्ने लक्ष्य लिएको भन्दै नगर प्रमुख ढकालले परियोजनाले त्यसमा सघाउ पुगेको बताउनुभयो । आगामी दिनमा पनि नगरपालिकाको उद्देश्यसंग मिल्ने कार्यक्रमहरुमा सहकार्य गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । समिक्षा बैठकमा स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले परियोजनालाई स्थानीय सरकारले अपन्वत्व लिई उद्देश्य मिल्ने कार्यक्रमलाई संगै सञ्चालन गर्न सकने थप प्रभावकारी हुने बताउनुभयो । स्याक नेपालको उद्देश्य पनि सरकारका कामलाई सघाउने रहेकाले परियोजनाको प्रभावकारिताका लागि संस्थासंगै स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।