विद्यालय पोशाक अनिवार्य लागू गर्न वीरेन्द्रनगरका प्रधानाध्यापकहरुलाई निर्देशन


सुर्खेत, २ असोज ।
वीरेन्द्रनगर नगरपालिकाले विद्यालयमा अनिवार्य पोशाक लागू गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाले आइतबार आयोजना गरेको वीरेन्द्रनगरभित्रका विद्यालयका प्रधानाध्यापकहरुसंगको बैठकमा यस्तो निर्देशन दिएको हो । शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले अनुगमनका क्रममा विद्यालयहरुले पोशाक लगाउन लापरबाही गरेको भन्दै अब अनिवार्य गर्न निर्देशन दिनुभयो । साथै दशैं अघि सबै विद्यालयहरुलाई सामाजिक परिक्षण गरिसक्न पनि शाखा प्रमुख शर्माले प्रअहरुलाई निर्देशन दिनुभएको छ । बैठकमा संघीय बजेट र नगरपालिकाको कार्यक्रमबा बारेमा अभिमुखीकरण गरिएको शर्माले जानकारी दिनुभयो । शिक्षक र विधार्थीको नियमितका लागि कडाइका साथ लागू गर्न पनि प्रअहरुलाई निर्देशन दिइएको छ ।