होलीको अवसरमा प्रदेश प्रमुख परियारको शुभकामना

सुर्खेत । फागुपूर्णिमा (होली) २०७९ को अवसरमा प्रदेश प्रमुख तिलक परियारले शुभकामना सन्देश दिनुभएको छ ।
उहाले एक विज्ञप्ती जारी गर्दै स्वदेश तथा विदेशमा रहने नेपालीहरुको सुख, शान्ति,समृद्धिका लागि शुभकाना दिनुभएको हो ।
जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको नेपालमा सबै नेपालीहरुले खुसी र हर्षोल्लासपूर्वक रंगहरुमा रमाएर यस पर्वबाट सामाजिक सद्भाव एवम् राष्ट्रिय एकता कायम राख्न मद्दत पुग्ने विश्वास प्रदेश प्रमुख परियारले गर्नुभएको छ ।
होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्दछ र लोक संस्कृतिको प्रवर्द्धन गर्दछ । विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको नेपाली समाजमा रङ्गहरूको पर्व फागुपूर्णिमाले समस्त नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु । प्रदेश प्रमुख परियारले शुभकामना सन्देशमा भन्नुभएको छ ।
यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति, कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृति सहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण गर्न सहयोग पुग्ने उहाको विश्वास छ ।