सिसिआर कर्णालीको अध्यक्षमा आचार्य


सुर्खेत, ९ असोज ।
बाल अधिकारका लागि साझा अभियान (सिसिआर) कर्णाली प्रदेशको अध्यक्षमा समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य चयन हुनु भएको छ ।
आज वीरेन्द्रनगरमा भएको प्रथम साधारणसभाबाट आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थागत प्रतिनिधित्व हुने उक्त संस्थाको उपाध्यक्षमा किर्डाक नेपालबाट तुलाराम पाण्डे चयन हुनु भएको छ । यस्तै महासचिवमा एभरेष्ट क्लव दैलेखबाट दीपक कुमार शाही, सचिवमा अपांग शसक्तिकरण केन्द्रबाट विष्णु प्रसाद शर्मा, कोषाध्यक्षमा आशा सञ्जालबाट गीता बोहोरा चयन हुनुभएको छ । सदस्यहरुमा क्याड जुम्लाबाट धनबहादुर गौतम, दलित विकास समाजबाट महेश हिताङ, सेतो गुराँस बालविकास समाजबाट राधा मल्ल, एचआरडिसी जाजरकोटबाट हजारी नेपाली, आइडिया नेपालबाट रचना सुनार र सुन्दुर नेपालबाट भुपेन्द्र कंडेल चुनिनु भएको छ । कर्णालीमा बाल अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरुको नेटवर्कका रुपमा बाल अधिकारका लागि साझा अभियान गठन भएको हो । अध्यक्ष आचार्यले आगामी दिनमा कर्णालीमा बाल बालिकाका सवालहरुमा अभियान सञ्चालन गर्दै अभियानलाई राष्ट्रिय स्तरसम्म पु¥याउने बताउनुभएको छ । आचार्य संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।