लागुऔषधसहित दैलेखबाट दुई जना पक्राउ

सुर्खेत । प्रहरीले लागुऔषधसहित दैलेखबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नारायण गरपालिका–१ पुरानो बसपार्क उनिहरुलाई पक्राउ गरेको दैलेख प्रहरीले जनाएको छ ।
पुरानो बसपार्कमा रहेको जयदुर्गा होटलको दोस्रो तलाको दक्षिण तर्फको कोठामा लागूऔषध (ब्राउनसुगर) सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी टोलि खटिगएको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका–२ जाहरकोटका २९ बर्षीय शंकर भट्टराई र कुसाडाका २७ वर्षीय योगेश सिजापती रहेका छन् ।
उनिहरुलाई प्रहरीले सोही होटल मदिरा सेवन गर्दा आफ्नो अगाडी राखि सेवन गरि रहेको अवस्थामा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ ४५ मि.ग्रा. सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । उनिहरु माथी थप अनुसन्धानकार्य भई रहेको प्रहरीको भनाई रहेको छ ।