सुत्केरी हुन नसकेर हुम्लाको अदानचुली गाउँपालिकाकी एक महिलाको मृत्यु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–५ काँखे गाउँकी २० वर्षीया रङ्गिता शाहीकोसुत्केरी हुन नसकेर मृत्यु भएको छ ।
स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको आफन्त बलबहादुर शाहीले जानकारी दिनुभयो ।
गाउँबाट स्वास्थ्य संस्थासम्म पु¥याउन नसक्दा मृत्यु भएको बलबहादुरको भनाइ छ । हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाजको टिकट पाउन मुस्किल हुने गर्छ ।
गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी हुम्लाको सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको पनि मृत्यु भएको थियो । स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उहाँको गाउँमै मृत्यु भएको थियो ।
कर्णालीमा बर्षेनी सुत्केरी हुन नसकेर मृत्यु हुन बाध्यता महिलाहरु रहेका छन तर सरकारले भने सुविधासम्मपन्न अस्पताल बनाउनेतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ ।