हुम्लाका नागरिकलाई जहाजको टिकट पाउन मुस्कील

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकले जहाजको टिकट नपाउदा समस्यामा पर्ने गरेका छन ।

निजी कम्पनी सिता, तारा, समिट एयरले नियमित उडान नभरेपछि स्थानीय नागरिकलाई नेपालगञ्ज सुर्खेत झर्न हरिबिजोग भएको हो ।
आज शुत्रबार बिहान सिमकोट विमानस्थल बाहिर नेपालगञ्ज सुर्खेत काठमाडौ लगायतका सहर झर्न विद्यार्थीदेखि बिरामी ठूलै भिड देखिएको थियो । निजी कम्पनीका एयलाइन्सहरुले भित्रभित्रबाटै जहाज टिकट बाँडफाड गरेपछि स्थानीय नागरिकहरुले नाराबाजी सुरु गरेका छन ।
मंसिर ४ गतेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनको निर्वाचन प्रचार प्रसार नेताहरु उही पुरानै प्रतिवद्धतासहित गाउँघर पुगेका छन् ।
राष्ट्रिय सडक सञ्जाल हुम्ला जोड्नेदेखि हिल्सा सिमकोट टु ल्याण्ड सम्म प्रतिबद्धता छन् । तर नागरिकहरुको भने हरिबिजोक भएको छ । दशै तिहार मनाएर शहर झर्न सयौ विद्यार्थीहरु सिमकोट विमानस्थलमै एकसातादेखि अलपत्र परेका छन् ।
दशै तिहार सकेर काठमडौ झर्नको सदमुकाम सिमकोट पुगेको सिमकोट गाउँपालिका २ ठेहेकी ममता भण्डारी चार दिनदेखि जहाज टिकट नपाएर अलपत्र परेको बताउनुभयो ।
खार्पुनाथ गाउँपालिका २ का बिरसिहं रावल पाँच दिनदेखि जहाज टिकट धाँइराखेका छन् । जहाज टिकट पाउन अझै पनि टुगो नभएको रावलको दुखसो छ ।