सुर्खेत, १८ कात्तिक
नेकपा एमालेका कर्णाली प्रदेशका ईन्चार्ज एवं सुर्खेत निर्वाचन क्षेत्र नं २ `क´ का उमेद्वार यामलाल कंडेलले आफ्नाे प्रतिबद्धता सार्वजनिक गर्नुभएकाे छ ।
शुक्रबार जिल्ला पार्टी कार्यालयमा प्रदेश समन्वय कमिटिले कंडलकाे प्रतिवद्धतापत्र सार्वजनिक गरिएकाे हाे । २८ बुँदा रहेकाे प्रतिवद्धतापत्रमा कर्णाली प्रदेशलाई समृद्ध बनाउने तथा प्रदेश राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा बिकास गर्ने कुरालाई जाेड दिइएकाे छ । पार्टीकाे प्रदेशकाे नेतृत्वकर्ता र राजधानी वीरेन्द्रनगरकाे उमेद्वार भएकाले साेही अनुसार समग्र प्रदेश र राजधानीकाे विकासलाई प्रतिवद्धतापत्रमा समेटिएकाे कंडेलले बताउनुभयाे । नाराका रूपमा नभइ जनताका आवश्यकता पूरा गर्नुपर्ने कुराहरूलाई समेटिएकाे उहाँले स्पष्ट पार्नुभयाे ।
यस्ताे छ प्रतिवद्धता पत्र