सुर्खेत । प्राङ्गारिक प्रदेश घोषणा गर्ने अभियान थालेको कर्णाली प्रदेशमा रासायनिक मललाई विस्तारै र्निमुल गर्नु पर्ने माटो विज्ञहरुले बताएका छन् ।
प्राङ्गारिक बनाउने घोषणासँगै प्रदेशमा रासायनिक वस्तुको प्रवेशलाई घटाउदै लैजान योजनावद्ध रूपमा अगाडि बढ्नुपर्ने प्रदेश भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको एकीकृत कृषि प्रोगशाला तथा माटो शााखाका प्रमुख परेक बहादुर शाहीले बताउनुभयो ।
उहाँले पछिल्लो समय माटोको उर्वरा शक्तिमा ह्रास हुदै गएकाले त्यसप्रति अहिलेदेखि नै योजना बनाएर अगाडि बढेनु पर्ने बताउनुभएको छ । ।
सबै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको भन्दै अम्लीयपन बढ्दा प्राङ्गारिक पदार्थ घट्ने भएकाले माटोको उर्वराशक्ति बढाउन रासायनिक मलको कम प्रयोग गर्न प्रमुख शाहीले कृषलाई आग्रह गर्नुभयो । “कर्णालीमा माटोको उर्वरा शक्ती ह्रास हुँदै गएको छ, कर्णालीलाई प्राङ्गारिक प्रदेश बनाउने सरकारले घोषणा पनि गरिसकेको हुँदा रासायिनिक मलको प्रयोग घटाउँदै लैजानुपर्छ ।” उहाले भन्नुभयो ।
उर्वराशक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई मधेसको माटोको उर्वरा शक्ति कमजोर र अम्लिय पना बढी भएको उहाको भनाई छ ।
गुणस्तरीय माटोका लागि प्राङ्गारिक स्रोत दुई देखि पाँच प्रतिशतसम्म हुनुपर्ने भएपनि अहिले एक प्रतिशतभन्दा कम रहेको विभिन्न परीक्षणले देखाएको छ ।
यता, कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायले चालु आर्थिक वर्ष २०७९÷०८० को लागि कृषि तर्फका योजना छोनोट प्रक्रियामा रहेको बताउनुभएको छ ।
उहाँका अनूसार सिचाइ (कुलो) का योजनातर्फ विशेष जोड दिइएको छ । ठाउँ र परिवेश अनूसारको उत्पादनलाई जोड दिइएको बताउनुभएको छ ।
भौगोलिक क्षेत्र अनुसार माथिल्लो भेकमा जडिबुटीजन्य खाद्य वस्तु, पशुपालनजन्य उत्पादन, फलफूल र पहाडी क्षेत्रमा हुने विभिन्न बिउहरू र मसलाजन्य चिजहरू उत्पादनका कार्यक्रमलाई जोड दिइएको निमित्त निर्देशक रोकायले बताउनुभयो ।
कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारले घोषणा गरेको छ । तर भनेअनुसारको काम हुन नसकेको सरोकारवालाहरुले बताएका छन ।
