कर्णालीमा मानव अधिकार उल्लघंन सम्बन्धीका घटना बढ्दै

सुर्खेत । कर्णालीमा मानव अधिकार उल्लघंन सम्बन्धीका घटनाहरु बढ्दै गएका छन ।
अनौपचारि सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गरेको विभिन्न जिल्लाको अध्ययनमा कर्णालीमा मानव अधिकार उल्लघंनका घटना बढेको पाइएको हो ।
सुर्खेतमा मात्रै एक वर्षमा ७२ वटा मानव अधिकार उलङघन तथा ज्याजतीका घटना भएका छन ।
जसमा राज्यपक्षबाट ५ जना र अन्यपक्षबाट ६७ जना पीडित भएको इन्सेक कर्णाली प्रदेश कार्यालयले सार्बजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि इन्सेकले सङ्कलन गरेको मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
कार्यक्रममा बोल्दै इन्सेक जिल्ला प्रतिनिधि प्रभा रावतले सन २०२२ जनावरी १ देखि डिसेम्बर सम्ममा सङ्कलन गरिएका घटना प्रस्तुत गर्दै, सबै भन्दा बढी घरेलु हिंसाका ४८ वटा घटना भएको जानकारी दिनुभयो ।
यस्तै, बलात्कार ९, हत्या ५, कुटपिटका ४, गिरफ्तारका २, अमानविय व्यावार एक, र अन्य ३ वटा घटना प्रस्तुत गरिएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले अधिकार उलङघनका घटनाहरू कम गर्न सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले आफु पिडामा भए प्रहरीमा उजुरी दिन आग्रह गर्दै प्रहरीमा आउने महिला हिंसा, जातीय विभेद, यौन दुर्व्यवहारका उजुरी उपर कारवाही गरिने बताउनुभयो । उहाले यस्ता घटनामा कसैको दवावमा नपरि पीडितलाई न्याय दिलाउनु लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालयका निमित प्रमुख मान बहादुर कार्कीले अझै पनि विभिन्न हिंसाका घटनाहरु हुने गरेको भन्दै यस सम्बन्धी घटनाहरुलाई अयोगले सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताउनुभयो ।