कर्णालीलाई समृद्ध बनाउछौः मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको आर्थिक समृद्धि आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
कर्णालीको गरिबी, बेरोजगारी पछौटेपन अन्त्य जनताले चाहेको भन्दै त्यसको मैदानमा आउन मुख्यमन्त्री शर्माले आग्रह गर्नुभयो । यसको अगुवाई आफुहरुले गर्ने उहाको भनाई छ ।
शुक्रबार कर्णालाी प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार, नवीनतम कृषि प्रदशनी तथा व्यपार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले कर्णाली र जनताको अवस्था परिवर्तनको लागि आफुहरुले अगुवाई गर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री शर्माले अब कर्णालीको समृद्धिको थालनी भएको बताउनुभयो । ‘कर्णालीको अवस्था परिवर्तनका लागि हामीलाई चाहिएको नीति, कार्यक्रम र ऐन कानून निर्माण गर्दै जनतातिर फर्केको छौँ’, मुख्यमन्त्री शर्माले भन्नुभयो, ‘हामीलाई दुई वटा कुराको खाचो छ, ‘हामी दुईवटै कुरामा केन्द्रित छौँ । कर्णालीमा आर्थिक समृद्धि, आर्थिक सम्पन्नता, रोजगार एवम् आर्थिक सम्पन्नता र सुखको कुरा हो । हामीलाई सुख मात्रै भएर पुग्दैन, खुशी पनि चाहिएको छ ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने बताउनुभएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नविनतम् प्रविधि प्रर्दशनी मेलाको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री शर्माले उनले उद्योगको विकाससँगै रोजगारी र स्वरोजगार बनाउने प्रदेश सरकारको लक्ष्यलाई साथ दिन उद्योगी व्यवसायीसँग आग्रह गर्नुभयो ।
औद्योगिक विकासका लागि विद्युतीकरणलाई तीव्र बनाउँदै भुरीगाउँ–हाताहाल्ना–कर्णाली करिडोर र भेरी करिडोरलाई मुख्य प्राथमिकतामा राखेर अन्य केही स्थानमा भूमिगत सडकहरुको विकास गरिने उनको भनाइ थियो ।
त्यस्तै, स्वरोजगार र रोजगार सिर्जना गर्नका लागि भुरीगाउँ हाताहान्ना, कर्णाली करीडोर र भेरी करीडोर मुख्य प्राथमिकतामा राखेर सडक निर्माण गर्ने मुख्यमन्त्री शर्माले प्रतिवद्धता जनाउनुभयो ।
महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गरिने तथा प्रदर्शनीबाट ४ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको आयोजक समितिका अध्यक्षले जानकारी दिनुभयो ।