कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन सुस्त

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन यो बर्ष अझै सुस्त देखिएको छ । गत आर्थिक बर्षहरुको तुलनामा यो बर्ष झनै सुस्त देखिएको हो ।
चालु आर्थिक वर्षका लागि १९ अर्ब ४५ करोड ९ लाख २४ हजार विकास बजेट छ । माघ मसान्तसम्म वार्षिक विकास बजेटको जम्मा १२.३२ प्रतिशत मात्रै कार्यान्वयन भएको छ । अबको पाँच महिनामा कबिर ८८ प्रतिशत अर्थात १७ अर्ब ५ करोड ३९ लाख २९ हजार ६९६ रुपैयाँबजेट कार्यान्वनय गरिसक्नुपर्छ । तर कार्यान्वयन भने कछुवाको गतिमा देखिन्छ ।
अहिलेसम्म २ अर्ब ३९ करोड ६९ लाख ९४ हजार ४०४ रुपैयाँमात्रै खर्च भएको प्रदे लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । पाँच महिनामा यो रकम पनि कार्यान्वयन गर्न सकिने अवस्था देखिँदैन ।
चालु आर्थिक वर्षमा ८० प्रतिशतभन्दा बढी रकम कार्यान्वयन गरिसक्ने सरकारको लक्ष्य छ । तर कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार वार्षिक बजेटमध्ये हालसम्म १६.२३ प्रतिशत अर्थात् ५ अर्ब ३२ करोड ५८ लाख ४६ हजार २९१ रुपैयाँ बजेटमात्र कार्यान्वयनमा आएको छ ।
चालु बजेट प्रत्येक महिना उही रेसमा कार्यान्वयन भइरहँदा पुँजीगत बजेट कार्यान्वयन भने सन्तोषजनक नरहेको मन्त्रालयका कर्मचारीहरुले नै बताउने गरेका छन् ।