रुकुममा दुइ थान भरुवा बन्दुक बरामत

रुकुम । रुकुम(पूर्व) मा ओडारमा लुकाई राखेको दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
सिस्ने गाउँपालिका–६ रानिकोट जंगलको ओडारमा बेवारिसे अवस्थामा रहेका एकनाले भरुवा बन्दुक २ थान शनिबार साँझ प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।